जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मौद्रिक नीति रोकेको आरोप लागेपछि बोले युबराज खतिवडा 

मौद्रिक नीति रोकेको आरोप लागेपछि बोले युबराज खतिवडा 

मौद्रिक नीति स्थगित भएपछि यसको आरोप प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युबराज खतिवडामाथि लगाइएको छ। अर्थमन्त्री बिष्णु पौडेलले समेत अगाडी बढ्नलाई स्वीकृति दिएको मौद्रिक नीति स्थगित हुनुको कारण खतिवडाको अनावश्यक चाँसो भएको बजारले आरोप लगाएको हो। 

तर प्रधानमन्त्रीका नवनियुक्त आर्थिक सल्लाहकार डा खतिवडाले मौद्रिक नीति स्थगित हुनुमा आफ्नो कुनै सन्दर्भ नै नभएको प्रतिकृया दिएका छन्। मौद्रिक नीति आउदै छ भन्ने कुरा समेत संचार माध्यमबाट नै थाहा भएको बताउदै खतिवडाले स्थगित हुनुसँग आफ्नो कुनै सम्बन्ध नै नभएको बताएका छन्। 

आफुले आज मात्र आर्थिक सल्लाहकारको रुपमा नियुक्ति पाएको बताउँदै डा खतिवडाले मौद्रिक नीतिमा प्रधानमन्त्रीको चासो हुनु स्वाभाविक भएको समेत स्पष्ट पारे।पुर्वअर्थमन्त्री तथा गभर्नरसमेत रहिसकेका डा खतिवडाले भने, “आजसम्मको लागि मौद्रिक नीति मेरो बिषयभन्दा बाहिरको कुरा हो, भोलिदेखिको कुरा भने भिन्न बिषय हो

2810
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?