जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सरकारलाई लगानीकर्ताले विश्वास गरेकै कारण पुँजी बजारमा आकर्षण बढ्यो: अर्थमन्त्री पौडेल

सरकारलाई लगानीकर्ताले विश्वास गरेकै कारण पुँजी बजारमा आकर्षण बढ्यो: अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारप्रति लगानीकर्ताको विश्वासका कारण पुँजी बजारमा आकर्षण बढेको बताएका छन्।

नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सवको अवसरमा बोल्दै मंगलबार अर्थमन्त्री पौडेलले पुँजी बजारमा पछिल्लो समय आकर्षण बढिरहेको बताउँदै भने- ‘यसलाई मैले सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको छु।’

उनले पुँजी बजारलाई अझ बिस्तार गर्दै लैजानुपर्ने बताए। ‘लगानीका क्षेत्र अझै बिस्तार गर्दै  लैजानुपर्ने छ,’ उनले भने, ‘यसका लागि बजेटमा केही महत्वपूर्ण दृष्टिकोणहरु अगाडि सारेका छौं।’

उनले वस्तु विनिमय बजारको सुरुवात गर्नका लागि बोर्डलाई तयारी थाल्न निर्देशनसमेत दिए। उनले पुँजी बजारलाई प्रभावित पार्ने नकारात्मक तत्व छिर्न नपाओस् भनेर बोर्ड सचेत हुनुपर्ने पनि बताए।

8335
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका