

बैंकको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा मंगलवार ७ रुपैयाँले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रु. ४८६ पुगेको हो । चालू आवको तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य नाफा रु. १ अर्ब ४० करोड ९५ लाख रहेको छ ।
यही नाफाबाट बैंकले शेयरधनीलाई लाभांश वितरण गर्ने गर्दछ । एनएफआरएस प्रणालीअनुसार बैंकले आर्जन गरेको नाफाबाट विभिन्न शीर्षकमा छुट्याएपछिको नाफा नै वितरणयोग्य नाफा हो । बैंकले चालू आवको तेस्रो त्रैमाससम्म रु. १ अर्ब ८५ करोड ६१ लाख ६९ हजार नाफा कमाएको छ । गत आवको तेस्रो त्रैमाससम्म बैंकले रु. १ अर्ब ६१ करोड ८७ लाख नाफा कमाएको थियो । बैंकको प्रतिशेयर आम्दानी रु. २५ दशमलव ७३ रहेको छ ।
गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरण गरेको हो ।