जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • नेपाल एसबिआइबाट माउ कम्पनी फर्किए प्रिय रञ्जन

नेपाल एसबिआइबाट माउ कम्पनी फर्किए प्रिय रञ्जन

नेपाल एसबिआइ बैंकमा भारतबाट खटिने तीन जनामध्ये एक जना माथिल्लो ब्यवस्थापक विदाइ भएका छन्। उनको ठाउँमा स्टेट बैंक अफ इण्डिया (एसबिआइ बैंक) ले मोहम्मद रिज्वान आलमलाई पठाएको छ।

बैंकको प्रमुख वित्त अधिकृतका रुपमा काम गरिरहेका प्रिय रञ्जन बिदा भएका हुन्। उनी एसबिआइ इण्डियाका कर्मचारी हुन्।

नेपाल एसबिआओको ‘टप थ्रि’ पदमा भारतीय नागरिक छन्। प्रमुख कार्यकारीमा अनुकुल भटनागर छन् भने प्रमुख सञ्चालन अधिकृत शुभकान्त कनुन्गो छन्। प्रमुख वित्त अधिकृत पनि भारतीय नै हुन्। त्यसपछि मात्र नेपालीहरु छन्।

नेपालीतर्फबाट छविराज पन्त र देवराज अधिकारी छन्। एसबिआइका सिइओ भटनागर नेपाल बैंकर्स संघको उपाध्यक्ष पनि हुन्।

8925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका