जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • आइएमई लाइफको साधारण सभा आज

आइएमई लाइफको साधारण सभा आज

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज जेठ ३१ गते तेस्रो वार्षिक साधारण सभा गर्दैछ । कम्पनीको जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

उक्त सभा आफ्नै रजिष्टर्ड कार्यालय, लैनचौर, काठमाडौंमा बिहान १० बजे गर्ने कम्पनीले जनाएको छ । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले बताएको छ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्काशन गर्ने, कम्पनीको संशोधित प्रवन्धपत्र र नियमावली अभिलेख राख्ने निकायहरुबाट कुनै फेरबदल गर्न निर्देशन आएमा सो अनुसार सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

सभामा संचालक समितिले वार्षिक प्रतिवेदन २०७६/७७ पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७६ /७७ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण र अनुसूचिहरु पारित गर्ने, आर्थिक वर्ष २०७७ /७८ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक तोक्ने एजेण्डा रहेको छ ।

त्यस्तै, कम्पनीको प्रवन्धपत्रको उद्देश्यमा सामुहिक लगानी कोष स्थापना गर्ने प्रस्ताव समेत पेश हुँदैछ ।

6215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका