जोडिनुहोस
मङ्लबार, असार ९, २०८३
मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • गरिमा विकास बैंकलाई “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मान

गरिमा विकास बैंकलाई “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मान

गरिमा विकास बैंक “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” बाट सम्मानित भएको छ । न्यू बिजनेस एजद्वारा बैशाख २५ गते, शुक्रबार काठमाडौंमा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा यस विकास बैंक “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६” अवार्डबाट सम्मानित भएको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रमुख आतिथ्यतामा आयोजित अवार्ड वितरण समारोहमा आयोजकको तर्फबाट विकास बैंकलाई उक्त अवार्ड हस्तान्तरण गरिएको हो । यस उपाधिले आफ्ना ग्राहकहरुलाई निरन्तर सरल, सुरक्षित, गुणस्तरीय एवं प्रविधिमैत्री सेवा प्रदान गर्ने विकास बैंकको लक्ष्यमा थप हौसला प्रदान गरेको छ ।

यस विकास बैंक भारतीय चेम्बर अफ कमर्शद्वारा अगष्ट २९, २०२५ मा आयोजित ईर्मजिङ् एसिया बैंकिङ् अवार्डमा द वेष्ट बैंक र वेष्ट एआई÷एमएल कार्यन्वयन विधामा उत्कृष्ट सहित वेष्ट एमएसएमई गतिवर्धन विधामा रनरअप र कर्पोरेट क्लब नेपालले फेब्रुअरी २५, २०२५ मा आयोजित अवार्ड समारोहमा दी एचआरएम अवार्ड फर कर्पोरेट एक्सीलेन्स–२०२४ बाट समेत सम्मानित भईसकेको छ ।

300
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?