जोडिनुहोस
शुक्रबार, चैत्र १६, २०८०
शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • एनआईसी एशियाको स्वामित्वमा रहेका ५ कम्पनीको ८ लाख ७५ हजार कित्ता शेयर आजदेखि बिक्री खुला

एनआईसी एशियाको स्वामित्वमा रहेका ५ कम्पनीको ८ लाख ७५ हजार कित्ता शेयर आजदेखि बिक्री खुला

आजदेखि विभिन्न ५ कम्पनीको शेयर लीलामीमा बिक्री खुला गरिएको छ । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाईफ इन्स्योरेन्स, सिटिजन इन्भेष्ट ट्रष्ट, आरएमडिसी लघुवित्त, महुली लघुवित्त र मेरो माइक्रोफाइनान्सको संस्थापक ८ लाख ७४ हजार ९९८ कित्ता शेयर आज (असार १५ गते, मंगलबार) देखि बिक्री खुला गरिएको हो । कम्पनीको उक्त शेयरमा आज (असार १५ गते, मंगलबार) देखि असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ३ लाख ८४ हजार ९९५ कित्ता संस्थापक शेयर लिलामीमा बिक्री खुला गरेको हो । संस्थाको शेयरको मूल्य न्यूनतम ४४१ रुपैयाँ तोकिएको छ ।

त्यस्तै, नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ हजार ९९६ कित्ता शेयर बिक्री खुला गरेको हो । कम्पनीको उक्त शेयरको मूल्य न्यूनतम ४१० रुपैयाँ तोकिएको छ । त्यस्तै, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर बिक्री खुला गरिएको हो । कम्पनीको शेयरको मूल्य १ हजार २ सय रुपैयाँ तोकिएको छ ।

त्यस्तै, महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक ५५ हजार ०७० कित्ता शेयर बिक्री खुला गरेको हो । कम्पनीको उक्त शेयरको मूल्य न्यूनतम ७३० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ५८ हजार ५६८ कित्ता संस्थापक शेयर बिक्री खुला गरेको हो । कम्पनीको शेयरको मूल्य न्युनतम मूल्य ५३१ रूपैयाँ तोकिएको छ ।

महिला लघुवित्तको बोलपत्र आवेदन पेश गर्दा न्यूनतम ५०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् भने अन्य ३ कम्पनीको न्यूनतम १०० कित्ता वा सो भन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्ने छन् ।

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । उक्त शेयरमा आवेदन दिन इच्छुक लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड बबरमहल काठमाडौंबाट आवेदन दिन सक्नेछन् ।

5490
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?