जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • आइसिएफ़सी फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति, कति पुग्छ चुक्ता पुंजी ?

आइसिएफ़सी फाइनान्सको लाभांश घोषणा, बोनस र नगद कति, कति पुग्छ चुक्ता पुंजी ?

आइसिएफ़सी फाइनान्सले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको छ। फाइनान्सको असोज २५ गते बसेको २८७ औं संचालक समितिको बैठकले आर्थिक बर्ष  २०७७-०७८ को मुनाफाबाट सेयरधनीहरुलाई १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको नेप्सेले जनाएको छ। 

आईसीएफसीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ४ प्रतिशत नगद गरि कुल १४ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो। उक्त लाभांस प्रस्ताव फाइनान्सको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंक र फाइनान्सको आगामी बार्षिक साधारणसभाले पारित गरेपश्चात सेयरधनिहरुमा वितरण हुनेछ। 

फाइनान्सले चुक्तापुंजी १ अर्ब २ करोड ४२ लाख रुपैयाँको १४ प्रतिशतले हुन आउने १४ करोड ३३ लाख रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको हो। जस मध्ये १० प्रतिशत बोनस सेयर रहेको छ। बोनस सेयर वितरण पश्चात फाइनान्सको चुक्तापुंजी १ अर्ब १२ करोड नाघ्नेछ। 

6745
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका