जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल इन्स्योरेन्सले कमायो १७ करोड ९४ लाख नाफा

नेपाल इन्स्योरेन्सले कमायो १७ करोड ९४ लाख नाफा

नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ६० करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५८ करोड १८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ दशमलव ३४ प्रतिशतले बढी हो ।

१ अर्ब २४ करोड ३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ४३ करोड १३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ४० करोड १७ लाख रुपैयाँ संचिती रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको जगेडा कोष बढेको छ । कम्पनीको बीमा कोषमा ६५ करोड ८३ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, समिक्षा अवधिमा कम्पनीले १७ करोड ९४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १ लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा सामान्य घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीले १५ करोड २४ लाख २८ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड ६८ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

यस अवधिमा प्रति शेयर आम्दानी १४ रुपैयाँ ४५ पैसा रहेको छ । प्रति शेयर नेटवर्थ १ सय ८७ रुपैयाँ ४७ पैसा रहेको छ । पिइ अनुपात २७।११ गुणा रहेको छ ।

2165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका