जोडिनुहोस
बुधबार, साउन ६, २०८३
बुधबार, साउन ६, २०८३
  • होमपेज
  • बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ

बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार भएका व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्तिलाई प्रहरीले काठमाडौंको बोहराटारबाट पक्राउ गरेको छ । मोरङको बेलबारी नगरपालिका–७ घर भई काठमाडौंको बालाजु बस्दै आएका ३० वर्षीय शक्ति भुजेललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले आइतबार पक्राउ गरेको हो ।

भुजेलले अष्ट्रेलिया पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिबाट ९२ लाख रुपैयाँ लिएको र उक्त रकम फिर्ता गरिदिने भन्दै आफ्नो नाममा रहेको बैंक खाताको चेक काटेर दिएका थिए । तर खातामा पर्याप्त रकम नभएको पाइएपछि पीडितहरुले जाहेरी दिएका थिए ।

उच्च अदालत पाटनले उनलाई बैंकिङ कसूर मुद्दामा दोषी ठहर गर्दै १४ दिन कैद र ९२ लाख जरिवानाको फैसला सुनाएको थियो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको ब्युरोका उपनिर्देशक प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

10250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?