जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • विकास बैंकलाई हकप्रद सेयरबाट पुँजी बढाउन दिन माग

विकास बैंकलाई हकप्रद सेयरबाट पुँजी बढाउन दिन माग

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालले विकास बैंकहरुको संख्या उल्लेख्य रुपमा घटिसकेकाले उनीहरुलाई मर्जरभन्दा पनि हकप्रद सेयरमार्फत पुँजी बढाउन दिनुपर्ने माग गरेको छ।

 

आगामी आर्थिक वर्षको मौद्रिक नीति तयार पारिरहेको राष्ट्र बैंकलाई पत्र लेख्दै संघले विकास बैंकहरुलाई हकप्रद सेयर जारी गर्न स्वीकृति दिन माग गरेको हो। अहिले राष्ट्र बैंकले हकप्रद सेयर रोकेको छ।

राष्ट्र बैंकले यसअघि पुँजीवृद्धि नीति लिएपछि विकास बैंकहरुको संख्या ९० बाट घटेर १८ मा झरिसकेको छ। अब थप मर्जर आवश्यक नभएको संघको बुझाइ छ। त्यसो हुँदा मर्जर वा प्राप्तिबाट मात्रै थप पुँजी बढ्ने अवस्था छैन। त्यसैले हकप्रद सेयर जारी गर्न दिनु पर्ने माग गरेको हो।

9135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका