जोडिनुहोस
बिहिबार, चैत्र १५, २०८०
बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • जनरल इन्स्योरेन्स स्थगित साधारण सभा आज

जनरल इन्स्योरेन्स स्थगित साधारण सभा आज

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको स्थगित साधारण सभा असार २१ गते सोमबार हुँदैछ । कम्पनीले बैशाख २६ गते तेस्रो वार्षिक साधारण सभा आब्हान गरेकोमा कोरोना भाइरस संक्रमनको धेरै जोखिम बढी विषेधाज्ञाका कारण उक्त सभा स्थगित भएको थियो । उक्त सभा केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित हुनेछ । लेखापरिक्षकको प्रतिवेदन हित आर्थिक वर्ष २०७६ /७७ (एनएफआरएस) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरण र सो सम्बन्धी अनुसुची माथि छलफल गर्ने एजेण्डा छ ।

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा छ ।

त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीले कोभिड १९ कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव रहेको छ । कम्पनीको विषेश प्रस्तावमा भने कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैैशाख १० गतदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख ९ गतेसम्मका कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।

6750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका