जोडिनुहोस
बिहिबार, फाल्गुन १५, २०८१
बिहिबार, फाल्गुन १५, २०८१

हालको खबर

  • होमपेज
  • एनआईसी एशिया क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक शुल्क बुझाउन अनुरोध

एनआईसी एशिया क्यापिटलद्वारा डिम्याट  खाताको वार्षिक शुल्क बुझाउन अनुरोध

एनआईसी एशिया  क्यापिटल लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता वापतको नबिकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

यस क्यापिटल र  एनआईसी एशिया बैंक लिमिटेडका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खोलेका हितग्राहीलाई आव २०७७/ ७८ सम्म डिम्याट सञ्चालन गरे बापत वार्षिक शुल्क रू. १०० बुझाउन भनिएको छ ।

हितग्राहीहरुले साउन १५ गते  भित्र बैंकको ५४४४४५१०२५५२४००९ खाता नम्बरमा अथवा ई – सेवा, खल्ती, आइएमई – पे र कनेक्ट आईपीएस मार्फत उक्त शुल्क बुझाउन सक्नेछन् । तोकिएको समयावधि साउन १५ गते भित्र वार्षिक शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता रोक्का हुनेछ ।

साथै एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकमार्फत मेरो शेयर सेवा लिइरहको हितग्राहीहरुले सेवा सञ्चालनमा आएको एक वर्षको अवधिमा नबिकरण गरिसक्नुपर्नेछ ।

सो समय अवधि भित्र नबिकरण नभएमा उक्त सेवा बन्द हुने भएकाले वार्षिक सञ्चालन शुल्क रू. ५० पनि बुझाउन पनि भनिएको छ ।

4670
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका