जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • आइएमइ पे र दराजबीच सम्झौता

आइएमइ पे र दराजबीच सम्झौता

आइएमइ पे र इ–कमर्स कम्पनी दराजबीच सम्झौता भएको छ। सम्झौता अनुसार दराजबाट समान खरिद गर्ने उपभोक्ताहरुले आइएमइ पेबाट सजिलै भुक्तानी गर्न सक्ने छन्।

शुक्रबारदेखि सुरू हुने “एक रुपैयाँ गेम” र साउन ३ गतेबाट सुरू हुने “दराज महाबचत उपहार योजना” मा सहभागी भइ आइफोन १२ लगायत थुप्रै उपहार प्राप्त गर्न सक्ने आइएमइ ग्रुपले जनाएको छ।

सम्झौता पत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटा र दराज केमु प्रा.लि नेपालका प्रबन्ध निर्देशक लिनो अह्लेरिङ्गले हस्ताक्षर गरेका छन्।

सम्झौता कार्यक्रममा  आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष एवम् आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले दराज र आइएमीइ पेबीचको सहकार्यले नेपाल सरकारले अघि सारेको डिजिटल नेपाल अभियानमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताए।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमइ पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।

राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमइ डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति पाएको थियो। यस्तो अनुमति पाउने आइएमइ डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी भएको कम्पनीको भनाइ छ।

6880
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका