जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ग्लोबल आइएमइ बैंकले डेढ करोड रुपैयाँसम्मको घर कर्जा ७.९९ प्रतिशत ब्याज दरमै दिने

ग्लोबल आइएमइ बैंकले डेढ करोड रुपैयाँसम्मको घर कर्जा ७.९९ प्रतिशत ब्याज दरमै दिने

ग्लोबल आइएमइ बैंकले ७.९९ प्रतिशत (प्रिमियम सहित) ब्याज दरमा घर कर्जा योजना ल्याएको छ।

बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासिय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरी  योजना ल्याएको हो।

विशेष आवास कर्जा योजनाअन्तर्गत सेवाग्राहीले १५ वर्षसम्मको अवधिका लागि अधिकतम् १ करोड ५० लाख रुपैयाँसम्म ऋण पाउने छन्।

यो योजनामा सहभागी हुने सेवाग्राहीलाई मोबाइल बैकिङ्ग तथा क्रेडिट कार्डमा लाग्ने शुल्कमा पहिलो वर्ष शत–प्रतिशत छुट प्रदान गरिनेछ।

बैंकले, कोरोना (कोभिड–१९) ले त्रसित बनाइरहेको अवस्थामा ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा सेवा दिई हौसला र साथ प्रदान गर्ने उद्देश्यले आवश्यक कागजातहरु पेश गरेको ३ कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ।

ग्राहकले देशभरका ७६ जिल्लामा फैलिएको बैंकका सम्पूर्ण शाखाहरुबाट यो सुविधा उपभोग गर्न सक्ने छन्। सिमित अवधिको लागि यो ऋण स्किम ल्याइएको बैंकले जनाएको छ।

9355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका