जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह

पीसीपीएस कलेजको तेश्रो दिक्षान्त समारोह

पाटन कलेज फर प्रोफेसनल स्टडिज ( पीसीपीएस कलेज) ले आफ्नो तेश्रो दिक्षान्त समारोह यहि फाल्गुन १७ गते राजधानीस्थित होटेल काठमाडौँ म्यरिओट मा आयोजना गरेको छ । यो कलेज बेलायत स्थित प्रशिद्ध बेडफर्डशाईर विश्व विद्यालयसंग आवद्ध छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग र बिबिए बिषय संग सम्बन्धित कूल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाण पत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रमाण पत्र प्राप्त गर्ने विद्यार्थीहरुलाइ बधाई ज्ञापन गर्दै राष्ट्रको समग्र बिकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नु पर्ने बताउनुभयो । साथै शिक्षा ऐनको संसोधन गरि आधुनिक शिक्षा प्रणालिको बिकाश गर्नका लागि एउटा छुट्टै बिशेष कार्यदल बनाएर काम थालिने पनि जानकारि गराउनुभयो ।

यसैगरि समारोहमा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका अध्यक्ष पंकज जालानले २०१७ ईस्वी सनमा स्थापित पीसीपीसीले आफुलाई आज मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताउनु भयो । “नेपाली विद्यार्थीहरु नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रभावकारी रुपमा प्रदान गर्ने हाम्रोे सपनालाई साकार पार्न यस कलेजले ठुलो भूमिका खेलिरहेको छ,“ उहाँले थप्नु भयो ।

समारोहमा अर्का वक्ता काठमान्डू विश्व बिद्यालयका उपकुलपति प्रा. डा. भोला थापाले स्नातक तह उत्तीर्ण गर्ने विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै उनीहरुको शैक्षिक उपलब्धि प्रति आफु गौरवान्वित भएको बताउनु भयो ।

समारोहका बिशेष अतिथि एवं एनबिसीसीआइ का अध्यक्ष राजेन्द्र खेतानले यी विद्यार्थीहरुले भोलि कार्पोरेट क्षेत्रको चुनौतीहरुलाई उच्च व्यावसायिक क्षमताका साथ सामना गर्न सक्ने बिश्वास व्यक्त गर्नु भयो । यससंगै दिक्षित बिध्यार्थी हरुलाई नेपाली श्रम बजारमा स्वागत पनि गर्नुभयो ।

कार्यक्रममा एलबिइएफ ग्रुपका अफ इन्स्टिट्युसनका कार्यकारी निर्देशक ई प्रकाश कुमार केजरिवालले स्वागत मन्तब्य व्यक्त गर्दै स्नातक तह उन्निर्ण बिद्यार्थीहरु प्रति खुसी व्यक्त गर्दै आफुलाई गौरव लागेको बताउनुभयो ।

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनेरिंग र बिजनेस एड मिनिस्ट्रेसन् बिषयहरुला स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनि संग साझेदारी गरि आर्टिपिÞmसिएल इन्टेलिजेन्स बिषयमा माइक्रो डिग्री कार्यक्रम पनि संचालन गरिरहेको छ ।

This illness happens when there is too much sugar in the blood. where to buy cialis in south africa Normally insulin carries sugar to the cells, which have a receptor that binds to the insulin and then activates a protein.

4835
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका