जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु लाइफद्वारा एक हप्तामै मृत्यु दावी भुक्तानी

प्रभु लाइफद्वारा एक हप्तामै मृत्यु दावी भुक्तानी

मृत्यु दावी भुक्तानीका लागि सम्पूर्ण कागजात सहित निवेदन प्राप्त गरेको एक हप्तामै प्रभु लाइफ इन्स्योरेन्सले दावी भुक्तानी गरेको छ । ३ वर्ष अगाडी प्रभु लाइफ इन्स्योरेन्समा जीवन बीमा गराएका श्याम कृष्ण तिमिल्सीनाको मृत्यु पश्चात निजको परिवारलाई एक कार्यक्रमका बीच दाबी भुक्तानी दिइएको हो । मृतकको निवासमा भएको दावी भुक्तानी कार्यक्रममा चागुनारायण नगरपालिका ८ का वडा अध्यक्ष जनक खत्रीको समेत उपस्थिति रहेको थियो ।

दाबी भुक्तानी कार्यक्रममा प्रभु लाइफका तर्फबाट बाग्मती प्रदेश प्रमुख मान बहादुर विष्ट मदन ले मृतक बीमितको परिवारलाई बीमा रकम हस्तान्तरण गर्दे मृत्यु पश्चात पनि परिवार प्रतिको दायित्व निर्वाह गर्ने एक मात्र माध्यम जीवन बीमा रहेको बताउनु भयो । यदि कदमकदाचित केही भएमा बीमितको परिवारको आर्थिक जोखिम कम गर्न प्रभु लाइफ हरदम तयार छ, प्रदेश प्रमुख मान बहादुर विष्टले थप्नुभयो । दावी भुक्तानी हस्तान्तरण कार्यक्रममा भक्तपुर शाखा प्रमुख निना श्रेष्ठ, बरिष्ठ एजेन्सी म्यानेजरहरु दिपक न्यौपाने, बबिब दुवाल, नवराज तिमिल्सेना, कमला कटवाल, मिलिना श्रेष्ठ, अन्जना न्यौपाने, ओम घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

3950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका