जोडिनुहोस
बुधबार, माघ १, २०८२
बुधबार, माघ १, २०८२
  • होमपेज
  • सन नेपाल लाइफको साधारण सभा साउन २५ गते

सन नेपाल लाइफको साधारण सभा साउन २५ गते

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २५ गते सोमबार तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । उक्त सभा कम्पनीको कर्पोरेट कार्यालय, कमलादी, काठमाडौंमा दिउँसो ३ बजे गर्ने कम्पनीले जनाएको छ । कोरोना संक्रमणका कारण कम्पनीले सभा भर्चुअल माध्यमबाट गर्ने जनाएको छ ।

सभामा कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पेश गर्नेछ । साथै, सभामा आर्थिक वर्ष ०७५/७६ को वार्षिक प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७५ /७६ को लेखापरिक्षण प्रतिवेदन वासलात, नाफा नोक्सान, हिसाब नगद प्रवाह विवरण र सो सम्बन्धी अनुसूचि एन्एफआरएस प्रणाली लागु गरी तयार गरिएको वित्तीय विवरण माथि छलफल गर्ने एजेण्डा रहेको छ ।

त्यस्तै, सभामा आर्थिक वर्ष ०७६/७७ को लागि वर्तमान लेखापरीक्षक हरि मणि आचार्य,एच.आचार्या एण्ड स्शोसियट्स चार्टर्ड एकाउन्टेण्टलाई पुनः नियुक्त गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ । सभाले सञ्चालक नियुक्तिको विषय पनि अनुमोदन गर्नेछ ।

कम्पनीको शेयर रजिष्ट्रार कार्यालयमा अभिलेख रहेको शेयर लगतको आधारमा शेयरधनीहरुको रेकर्ड कायम गरी सभाहलमा उपस्थित गराउने जानकारी दिएको छ ।

8410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका