जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • एकमात्र ब्याज दिने वालेट आइएमई पेले अब दिँदैछ ७.१३% ब्याज

एकमात्र ब्याज दिने वालेट आइएमई पेले अब दिँदैछ ७.१३% ब्याज

एकमात्र ब्याज दिने वालेट आइएमई पेले यो महिनाबाट आफूले प्रदान गर्दै आइरहेको ब्याजदरमा वृद्धि गरेको छ। साबिकमा रहँदै आएको ६.०३% को ब्याजदर बढाएर ७.१३% कायम गरिएको छ।

प्रयोगकर्ताले अब बैंकमा पाइनेझैँ सेवा आफ्नो मोबाइल वालेटमा आइएमई पेमार्फत पाउन सक्नेछन्। प्रयोगकर्ताले आफ्नो वालेट एपमा रु. १ हजार कायम राखी सुपरवालेटमा रुपान्तरण भइ यो सुविधा प्राप्त गर्न सक्छन्।

आर्थिक समावेशीकरण एवं वित्तीय पहुँचको अभिवृद्धिमा यो महत्वपूर्ण कदम हुने विश्वास कम्पनीले लिएको छ। यसका अतिरिक्त अन्य उपभोक्तालाई पनि डिजिटल भुक्तानीमा आकर्षित गर्न यो महत्वपूर्ण आयाम हुन सक्ने विश्वास लिइएको छ।

यसका साथै ग्राहकले यसपालिको दसैँ, तिहार र छठका अवसरमा आइएमई पे डिजिटल दसैँतिहार २०७९ अभियानअन्तर्गत आइएमई पेमार्फत कुनै पनि कारोबार गरेर बम्परमा राफ्ट वारिअरको ई–स्कुटी, दैनिकमा दराजको डिस्काउन्ट भाउचरका साथै अन्य धेरै उपहारहरु जित्ने मौका पाउनेछन्।

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित आइएमई पे मोबाइल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। ‘आइएमई पे’ आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायकअन्तर्गतको एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छयौट विनियमावली, २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालका माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

आइएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्। यसले व्यक्ति–व्यक्तिबीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा क्यूआर स्कान गरी भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने, र विभिन्न घरायसी तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ। यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यासब्याकहरुको पनि सुबिधा उपलब्ध छ।

आइएमई डिजिटल सोलुसनले बैंकको सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकलाई सीधै मोबाइल वालेट एप तथा एजेन्टहरुमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

2170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका