जोडिनुहोस
मङ्लबार, चैत्र ६, २०८०
मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • सन नेपाल लाइफले दियो दुई मृतकका परिवारलाई बीमा वापतको दाबी रकम

सन नेपाल लाइफले दियो दुई मृतकका परिवारलाई बीमा वापतको दाबी रकम

सन नेपाल लाइफले दुई मृतकका परिवारलाई बीमा वापतको दाबी रहकम हस्तान्तरण गरेको छ ।  कम्पनीको उप शाखा कार्यालय मुगुले मुगु कार्मारोङ्ग गाउँपालिका वडा नं. ५ निवासी छिरिङ तुन्डुप लामाको दुर्घटनामा परि मृत्यु भएको थियो । सोही वापत उनको परिवारलाई कम्पनीले दाबी रकम दिएको हो ।

उनले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा पाच लाख रुपैयाको बीमा गरेका थिए कम्पनीले स्थानीय जन प्रतिनिधि , कम्पनीका अभिकर्ता , सुरक्षानिकायका प्रतितिधि लगायतको सहभागितामा मृतककी श्रीमती किङम्री लामा (कार्मारोङ्ग ) लाइ दश लाख रुपैया हस्तान्तरण गरेको जनाएको छ ।

त्यसैगरी कम्पनीले कुसे गाउँपालिका वडा नं. ८ जाजरकोट निवासी मृतक कृष्ण बहादुर वस्नेतको परिवारलाई पनि दाबी वापतको रकम हस्तान्तरण गरेको छ । उनको २०७७ चैत्र १४ गते दुर्घटनामा परि मृत्यु भएको थियो ।

उनले सन नेपाल लाइफ इन्स्योरेन्समा एक लाख रुपैयाको बीमा गरेका थिए कम्पनीले स्थानीय जन प्रतिनिधि , कम्पनीका अभिकर्ता , सुरक्षानिकायका प्रतितिधि लगायतको सहभागितामा मृतकले इन्छाएको व्यक्ति निजको छोरा नावालक भएकोले श्रीमती कमला बस्नेतलाई दुई लाख २५ हजार रुपैयाको चेक हस्तान्तरण गरेको हो ।

5645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?