जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल बैंकको खुद नाफा साढे ३ अर्ब पुग्यो

नेपाल बैंकको खुद नाफा साढे ३ अर्ब पुग्यो

नेपाल बैंक लिमिटेडको वितरणयोग्य मुनाफा ७१.५६ प्रतिशत साँघुरिएको छ। खुद नाफा पोहोरभन्दा १६.७० प्रतिशत बढेपनि वितरणयोग्य मुनाफा साँघुरिएको हो।

गत आर्थिक वर्षको अन्त्यमा वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँमा सीमित छ। असार मसान्तसम्म बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा कमाएको जनाएको छ।

बैंकको ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिन्छ। ब्याज आम्दानी ४०.६१ प्रतिशतले बढ्दा ९ अर्ब ४४ करोड नाघैको छ। बैंकको स्प्रेड दर ३.९५ प्रतिशतमा झरेको छ।

यो वर्ष बैंकको कर्जा विस्तार ४.३२ प्रतिशतले बढेको छ। सो अवधिमा निक्षेप २४.७२ प्रतिशत वृद्धि भएको छ।

सुस्त कर्जा विस्तारका बाबजुद बैंकको खराब कर्जा ह्‍वात्तै बढेर २.८५ प्रतिशत पुगेको छ। असारसम्म बैंकले एक अर्ब १७ करोड प्रोभिजनिङ गरेको छ।

840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका