जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग अर्थले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग अर्थले सोध्यो स्पष्टीकरण

सर्वोत्तम सिमेन्टको सेयर खरीदका विषयमा अर्थमन्त्रालयले नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदसँग स्पष्टीकरण सोधेको छ।

आर्थिक बजार न्यूज डटकमले नेप्सेको सीइओ साउदको शेयर काण्ड छताछुल्लः स्वार्थ बाझिने गरि आफ्नै श्रीमतीको नाममा सर्वोत्तम सिमेन्टको ११ हजार भन्दा बढि कित्ता शेयर खरिद गरेको खुलासा ? समाचार प्रकासित भए लगत्तै अर्थले साउदसँग तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका कम्पनीसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ। संचारमाध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र यस मन्त्रालयमा उपस्थित गराइदिनुहुन आदेशानुसार अनुरोध छ’, अर्थले सोधेको पत्रमा भनिएको छ।

सेयर खरीद बारे अर्थले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग समेत तीन दिने स्पष्टीकरण सोधिसकेको छ।

9775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?