जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • भेपभित्रको सुन प्रकरण: भन्सारका नासुसहित पाँच जना जेल चलान

भेपभित्रको सुन प्रकरण: भन्सारका नासुसहित पाँच जना जेल चलान

विदेशबाट विद्युतीय चुरोट (भेप)भित्र ल्याएको सुन प्रकरणमा समातिएकामध्ये ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ।

जिल्ला अदालत काठमाडौंको आदेशमा ५ जनालाई कारागार चलान गरिएको हो। प्रहरीले त्रिभुवन भन्सार कार्यालयका नासु रेवन्त खड्का, सुरक्षा गार्ड निर्मल विक, अमृत कार्की र भन्सार एजेन्ट दिनेश बस्नेत तथा व्यापारी साहेब राव पाङ्डुरङ मरग र वेदप्रसाद अग्रवाललाई पक्राउ गरेको थियो। जसमध्ये अमृत साधारण तरेखमा रिहा भएका छन्।

उनीहरूविरुद्ध आपराधिक विश्वासघात गर्न नहुने र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। यो मुद्दामा गोपाल सुवेदी, दिपेश बस्नेत र राम केशव थापा भने फरार छन्।

एक चिनियाँ नागरिकले गत पुस १० गते फ्लाइ दुबईको जहाजमार्फत ल्याएका दुई वटा सुटकेस शंकास्पद देखिएपछि विमानस्थल भन्सारले नियन्त्रणमा लिइ गोदाममा राखेको थियो। तर भन्सारका नासु रेवन्तले त्यो वस्तु सुन भएको खुलेपछि गोदामबाट झिकेर मिलोमतोमा ६ करोडमा बिक्री गर्न भूमिका खेलेका थिए।

बिक्रीबाट प्राप्त रकम जग्गा किन्न प्रयोग गर्नेदेखि खातामा राखेको पाइएको थियो। अमृत अभियुक्त दिनेशका साथी हुन्। दिनेशले अंशबण्डामा समस्या पर्ने भएको भन्दै अमृतलाई फकाएर उनको नाममा जग्गा किनेका थिए। अमृतले आफूलाई सुन बेचेको रकमबाट जग्गा किनेको जानकारी नभएको बयान दिएका थिए।

3130
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका