जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सुर्य लाइफको नाफा २३.०१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सुर्य लाइफको नाफा २३.०१ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा बृद्धि भएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा २३.०१ प्रतिशतले बढेर ३२ करोड ३२ लाख ७१ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले २६ करोड २७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क पनि ४६.९७ प्रतिशतले बढेर ४ अर्ब १८ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले २ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले ८१ करोड २९ लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी २ अर्ब २६ करोड २८ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८३ करोड ७६ लाख ६ हजार रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा १० अर्ब ६६ करोड १० लाख रुपैयाँ र महाविपत्ति कोषमा १४ करोड ६२ लाख १८ हजार रुपैयाँ सन्चित छ ।

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी १४ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ३९ करोड रुपैयाँ रहेको छ भने कम्पनीको समिक्षा अवधिमा मूल्य आम्दानी अनुपात (पिई रेसियो) ३६.५४ गुणा रहेको छ ।

5665
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका