जोडिनुहोस
आइतवार, फाल्गुन १८, २०८१
आइतवार, फाल्गुन १८, २०८१
  • होमपेज
  • सेयर बजारमा ३१७८ बिन्दुको नयाँ रेकर्ड

सेयर बजारमा ३१७८ बिन्दुको नयाँ रेकर्ड

काठमाडौं। साताको अन्तिम दिन नेप्से सूचक १६ अंकले बढेसँगै बजारले ३१७८ बिन्दु उचाईंको नयाँ रेकर्ड बनाएको छ। कारोबार रकम समेत १७ अर्ब ५० करोड रुपैयाँ नाघेको छ।

विकास बैंक समूहमा साढे ६ प्रतिशतको बृद्धिसहित ३४४ अंकले बढेपछि समग्र बजारलाई माथि पुर्याएको छ। व्यापार समूह ९९ अंकले बढ्नु बाहेक अन्य कुनै उपसमूहहरुमा ठूलो बृद्धि देखिएको छैन।

बिहीबार सर्वाधिक मूल्य बढ्ने कम्पनीमा ३ वटा विकास बैंक र २ वटा जलविद्युत कम्पनी रहेका छन्। महालक्ष्मी, कामना सेवा र शाइन रेसुङ्गा विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

त्यस्तै माउनटेन इनर्जी नेपाल र रुरु जलविद्युत कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ। जलविद्युत समूहका केही कम्पनीको मूल्य बढेपनि यो समूहको उपसूूचक भने २४ अंकले घटेको छ।

गत हप्तादेखि दोस्रो बजारमा कारोबार भइरहेका जीवन विकास लघुवित्त र युनियन लाइफको सेयर मूल्य पनि १० प्रतिशतलेनै बढेको छ। कारोबार आयदेखिनै यी दुई कम्पनीमा दैनिक १० प्रतिशतको बृद्धि देखिएको छ।

पाँचथर पावर कम्पनी, सारथी नेपाल लघुवित्त, ओरियन्टल र तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य ३/३ प्रतिशतले घटेको छ।

सर्वाधिक कारोबार गर्ने कम्पनीमा पनि विकास बैंक र जलविद्युत समूहका कम्पनीनै अघि देखिएका छन्।

माथिल्लो तामाकोशीको सर्वाधिक ६२ करोड रुपैयाँको सेयर किनबेच हुँदा कामना सेवा विकास बैंकको ५९ करोड, साइन रेसुङ्गाको ४९ करोड, एचआइडिसिएलको ४४ करोड र गरिमा विकास बैंकको ४१ करोड रुपैयाँको सेयर कारोबार भएको छ।

२२५ कम्पनीको सेयर कारोबारमा आउँदा ९४ कम्पनीको सेयर मूल्य बढेको छ। बाँकी सबै कम्पनीको सेयर मूल्य घटेको छ।

3200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका