जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • नेपाल इन्फ्रास्ट्रक्चर बैंकले घोषणा गर्याे लाभांश

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले घोषणा गर्याे लाभांश

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ ।

बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

1090
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका