नेपाल राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको छ। अब सेयर धितो ऋण बढीमा १२ करोड रुपैयाँसम्म मात्र लिन पाइने छ। एक बैंकबाट बढीमा चार करोड र सबै संस्था गरेर १२ करोड रुपैयाँसम्म मात्र ऋण लिन पाइनेछ।
राष्ट्र बैंकले संचालक समितिबाट ऋणको सीमा ३ करोड र १० करोड रुपैयाँ निर्धारण गरेको थियो। तर यो सूचना मौद्रिक नीति जारी हुनुअघि नै ब्यापक रुपमा फैलिएपछि अर्थमन्त्रालय र अन्य पक्षको दबाबमा राष्ट्र बैंकले संशोधन गरेर ४ र १२ करोड पुर्याएको हो।
संचालक समितिबाट यस्तो ऋण तोकिएको सीमाभित्र ल्याउन एक बर्ष समय दिइएकोमा दबाबपछि समय तोकिएको छै।
कर्जा-पुँजी-निक्षेप अनुपात ८५ प्रुतिशतबाट ९० प्रतिशत पुर्याइएको छ। विद्यमान कर्जा स्रोत परिचालन अनुपात सम्बन्धि ब्यवस्था खारेज गर्ने भएको छ। पुँजी कोक्ष र पुँजी कोषको अङ्को रुपमा रहेका ऋणपत्र बाहेकका ऋणपत्र र सापटीलाई कर्जा निक्षेप अनुपातमा समायोजन गरिने छ।