जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नेपाल पुनर्बीमा कम्पनीको मुनाफामा समान्य सुधार, ९१ करोड ६१ लाख रुपैयाँ नाफा गर्दा प्रतिशेयर आम्दानी १२ रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीको मुनाफामा समान्य सुधार, ९१ करोड ६१ लाख रुपैयाँ नाफा गर्दा प्रतिशेयर आम्दानी १२ रुपैयाँ

नेपाल पुनर्बीमा कम्पनीको आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिमा १.०५ प्रतिशतले मुनाफा बढेको छ । कम्पनीले जीवन बीमा व्यवसाय तर्फको मुनाफामा उल्लेख्य सुधार भए पनि निर्जीवन बीमा व्यवसाय तर्फ भने ०.०४ प्रतिशतले नाफा घटेको छ ।

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९१ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । निर्जीवन बीमा व्यवसायबाट ८२ करोड ४७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ भने जीवन तर्फ १० करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको हो ।

पुनर्बीमाले खुद बीमा शुल्क आर्जन १४.७२ प्रतिशतले सुधार गर्न सफल भएको छ । यस अवधिमा ५ अर्ब ९२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिमा ४ अर्ब ९४ करोड रुपैयाँ आर्जन गरेको थियो ।

त्यस्तै दाबी भुक्तानी पनि ७.८७ प्रतिशतले बढेको छ । यस अवधिमा एक अर्ब ९८ करोड रुपैयाँको दाबी भुक्तानी गरेको छ । निर्जीवन ब्यवसाय तर्फ एक अर्ब ७० करोड रुपैयाँको दाबी भुक्तानी गर्दा जीवन तर्फ भने २८ करोड ५ लाख रुपैयाँको दाबी भुक्तानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरे सँगै कम्पनीको प्रतिशेयर आम्दानी दुई रुपैयाँले खुम्चिएर १२ रुपैयाँमा घटेको छ । कम्पनीको जगेडा कोषमा तीन अर्ब ३६ करोड रुपैयाँ जम्मा भएको छ । विभिन्न क्षेत्रमा लगानी गरेर ३१ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । यस अवधिमा कम्पनीले दुई करोड ३४ लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी देखिन्छ ।

नेपाल पुनर्बीमा कम्पनीले पुनर्बीमा कमिसन बापत एक करोड ८७ लाख रुपैयाँ आम्दानी गरेको देखिन्छ । तर पुनर्बीमा व्यवसाय प्रदान गर्ने कम्पनी तथा ब्रोकरहरुलाई एक अर्ब ६८ करोड रुपैयाँको कमिसन दिएको छ । यो कम्पनीको खर्च हो ।

6600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका