जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • प्रधानमन्त्रीको सहमतिमा सबै पेट्रोलियम पदार्थको मूल्य बढाइयो

प्रधानमन्त्रीको सहमतिमा सबै पेट्रोलियम पदार्थको मूल्य बढाइयो

नेपाल आयल निगमले सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजल, मट्टितेल र आन्तरिक हवाई इन्धनमा लिटरमा दुई रुपैयाँ मूल्य बढाएको छ भने खाना पकाउने ग्यास एक सिलिण्डरमा २५ रुपैयाँ मूल्य बढाएको छ।

हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर १६ डलर बढेर ७ सय ७० डलर कायम भएको छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल लिटरको १ सय ३०, डिजल तथा मट्टितेल १ सय १३ रुपैयाँ कायम भएको छ। हवाई इन्धन आन्तरिकतर्फको लिटरको ८६ रुपैयाँ कायम भएको छ।

ग्यास एक सिलिण्डरको १४ सय ५० रुपैयाँ कायम भएको छ। मूल्य बढाएपछि पनि निगमलाई पेट्रोलमा ८ रुपैयाँ ४२ पैसा र डिजलमा लिटरमा २ रुपैयाँ ६४ पैसा घाटा छ भने ग्यासमा प्रति सिलिण्डर ४ सय २० रुपैयाँ ७५ पैसा घाटा छ।

नयाँ सरकार गठन भएपछि पहिलो पटक पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सहमतिमा निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। ‘प्रधानमन्त्रीको सहमतिमै मूल्य बढाइएको हो,’ निगमका एक प्रवन्धकले बिजमाण्डूलाई भने।

अहिले प्रधानमन्त्री मातहतमै उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालय सम्हालिरहेका छन्।

नयाँ सरकार आएपछि संयुक्त विद्यार्थी आन्दोलनको विरोध प्रदर्शन भन्दै पेट्रोल र डिजलमा लिटरमा १ रुपैयाँ मूल्य घटाएको थियो।

2870
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका