जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नबिलले सामाजिक उद्यम प्रवर्द्धन गर्न ७ प्रदेशमा खुलायो आवेदन

नबिलले सामाजिक उद्यम प्रवर्द्धन गर्न ७ प्रदेशमा खुलायो आवेदन

नबिल बैंकले यो वर्षदेखि संचालन गरेको गैरनाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोसल आन्टरप्रेनरशिप (नबिल एसएमई) अन्तर्गतको प्रमाणपत्र कार्यक्रमका लागि आवेदन आह्‍वान गरेको छ। 

सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न संचालन गरिएको नबिल एसएमई अन्तर्गतका फेलोशिप कार्यक्रम र प्रमाणपत्र  कार्यक्रममध्ये प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गतको आवेदन आह्वान गरिएको बैंकले जनाएको छ। 

फेलोशिप कार्यक्रम भने यस अघि नै सुरु भइसकेको छ। प्रमाणपत्र कार्यक्रमले क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषयवस्तुहरु र क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशीलता प्रवर्द्धनलाई जोड दिने बताइएको छ। 

मानिसहरुलाई सकारात्मक परिवर्तन ल्याउने, सामाजिक प्रभाव सिर्जना गर्ने कुनै परियोजना वा सोचलाई उद्यममा रुपान्तरणमा विकास गर्न सहयोग गर्न र जटिल सामाजिक समस्या समाधान गर्न सामूहिक पहल गर्नु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको लक्ष्य भएको बैंकले जनाएको छ। 

यसले दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदाय र समाजमा सकारात्मक प्रभाव पार्न सक्ने विचारलाई प्रोत्साहन गर्ने बताइएको छ। यस कार्यक्रमका लागि नेपालका सातवटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारी गरिएको पनि बैंकले जनाएको छ। साझेदारीबाट एक वर्षमा सात सय तालिम प्राप्त सामाजिक उद्यमी तयार गर्ने लक्ष्य कम्पनीको छ।  

सामाजिक उद्यमशीलता प्रवर्द्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपालीले तोकिएको मापदण्ड अनुसार कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्ने बताइएको छ।  

नबिल एसएमई साझेदार शैक्षिक संस्था:

3885
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?