जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • निर्जीवन बीमा कम्पनीहरूको नाफा रू. ४६२ करोड

निर्जीवन बीमा कम्पनीहरूको नाफा रू. ४६२ करोड

मिलन विश्वकर्मा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका १८ निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष (आव) २०७७/७८ मा रू. ४ अर्ब ६२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । हाल नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन्, तीमध्ये नेप्सेमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूले त्यो बराबरको नाफा कमाएका हुन् ।

बीमा कम्पनीहरूले हालै सार्वजनिक गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । वित्तीय विवरणअनुसार गत आवमा बीमा कम्पनीहरूको नाफा औसत्मा ७ दशमलव ३३ प्रतिशतले बढेको छ ।

अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको नाफा बढे पनि वृद्धिदर भने खुम्चिएको छ । अघिल्लो आवमा कम्पनीहरूको नाफा १२ दशमलव ४१ प्रतिशतले बढेको थियो । तर, यसपटक भने नाफा वृद्धिदर खुम्चिएर ७ दशमलव ३३ प्रतिशतमा सीमित भएको छ ।

भारतीय स्वामित्वको नेशनल इन्स्योरेन्स र दि ओरियन्टल इन्स्योरेन्स भने नेप्सेमा सूचीकृत भएका छैनन् । साथै, उनीहरूले वित्तीय विवरण पनि सार्वजनिक गरेका छैनन् ।

कोरोना महामारीका कारण बीमा व्यवसाय प्रभावित हुँदा नाफा वृद्धिदर खुम्चिएको कम्पनीहरूको भनाइ छ । कोरोना महामारीका बीच नाफा बढ्नुलाई नै सकारात्मक रूपमा लिनुपर्ने उनीहरू बताउँछन् ।

गत आवमा व्यवसाय सञ्चालनबाट त्यति नाफा कमाउन नसकिएको एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनीलवल्लभ पन्तले बताए । शेयर कारोबारबाट नाफा बढ्न सहयोग पुगेको उनको भनाइ छ ।

‘गत आवमा सञ्चालन नाफामा त्यति वृद्धि छैन । कम्पनीहरूले शेयर कारोबारबाट आम्दानी गर्दा कुल नाफामा वृद्धि देखिएको हो,’ उनले भने । बीमांकीय मूल्यांकनपछि भने कम्पनीहरूको नाफा थप बढ्ने बताइएको छ ।

यसपालि नाफा कमाउने मामलामा नेको इस्योरेन्स अग्र स्थानमा आएको छ । उक्त कम्पनीले रू. ५४ करोड ६ लाख खुद नाफा कमाएर आफूलाई पहिलो स्थानमा ल्याएको छ । नाफा कमाउने मामलामा अघिल्लो आवमा राष्ट्रिय बीमा कम्पनी पहिलो नम्बरमा रहेको थियो ।

यस्तै, नाफा कमाउने मामिलामा शिखर इन्स्योरेन्स दोस्रो नम्बरमा आएको छ । उक्त कम्पनीले रू. ४७ करोड ५७ लाख नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको सगरमाथाले भने रू. ४५ करोड १५ लाख नाफा कमाएको छ 

4805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका