जोडिनुहोस
शुक्रबार, साउन ८, २०८३
शुक्रबार, साउन ८, २०८३
  • होमपेज
  • अब टिभीएसको एन्टर्क स्कुटर नयाँ ‘मरिन ब्ल्यु’ कलरमा पनि उपलब्ध हुने, के छ विशेषता?

अब टिभीएसको एन्टर्क स्कुटर नयाँ ‘मरिन ब्ल्यु’ कलरमा पनि उपलब्ध हुने, के छ विशेषता?

टिभीएसको एन्टर्क स्कुटर अब नयाँ कलरमा पनि उपलब्ध हुने भएको छ। टिभीएसले भारतमा मंगलबार एन्टर्क स्कुटरलाई नयाँ ‘मरिन ब्ल्यु’ कलरमा सार्वजनिक गरेको छ।

यो कलर विकल्प एन्टर्कको रेस भेरियन्टको संकरणमा मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। यसको मूल्य भारतमा ८७ लाख भारु तोकिएको छ। यसको मूल्य अहिले भइरहेको रातो र पहेलो कलर भन्दा थोरै मात्र धेरै रहेको छ।

भारतमा यसको बिक्री सुरु भइसकेको छ। नेपालमा पनि छिट्टै उपलब्ध हुने आधिकारिक बिक्रेताले जानकारी दिएको छ।

यो पुरानै १२४.८ सीसी क्षमतामा उपलब्ध हुनेछ। साथै ड्रम तथा डिस्क ब्रेक दुबै भेरियन्टमा रहेको छ। यसमा स्मार्ट एक्सकनेक्टद्वारा ब्लुटुथ कनेन्ट गरी कल डिटेल, जीपीएस जस्ता फिचरको प्रयोग गर्न सकिन्छ।

5370
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका