जोडिनुहोस
आइतवार, पुस ७, २०८१
आइतवार, पुस ७, २०८१
  • होमपेज
  • राष्ट्रिय बीमा कम्पनीका सिइओ अर्याललाई सरकारले मन्त्रालय तान्यो, खुला प्रतिस्पर्धाको तयारी

राष्ट्रिय बीमा कम्पनीका सिइओ अर्याललाई सरकारले मन्त्रालय तान्यो, खुला प्रतिस्पर्धाको तयारी

नेपाल सरकारले राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याललाई मन्त्रालय तानेको छ ।  अर्याललाई साढे दुई वर्ष अगाडि मन्त्रालयले कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो ।

कम्पनीको एक दशकदेखि रोकिएका लेखापरिक्षण तथा साधारणसभालाई सहजिकरण गर्न सकिने भन्दै मन्त्रालयकै प्रतिनिधिको रुपमा अर्याललाई नियुक्त गरिएको थियो । खुला प्रतिस्पर्धाबाट ल्याइएको प्रमुख कार्यकारी अधिकृतले भन्दा सरकारले पठाएको व्यक्तिलाई निर्णय गर्न सजिलो हुने अपेक्षा गरिएको थियो । यसै अवधिमा अर्यालले मन्त्रालय, महालेखापरिक्षकको कार्यालय तथा बीमा समिति सँग धेरै पटक समन्वय गरेर आर्थिक वर्ष २०७२/७३ सम्मको लेखापरिक्षण सम्पन्न गरि अन्तिम स्वीकृतिका लागि बीमा समितिमा पठाएका छन् ।

केपि ओलीको सरकार हटे पछि गत साउन पहिलो साता कर्मचारी संघ निकट कर्मचारीहरुले नयाँ प्रमुख कार्यकारी अधिकृतको माग गर्दै अर्यालको कार्यकक्षमा ताला लगाएका थिए । संघले खुला प्रतिस्पर्धाबाट प्रमुख कार्यकारी अधिकृत नियुक्ति गर्नु पर्ने माग राखेका थिए । सरकारले पठाएको प्रमुख कार्यकारी अधिकृतले व्यवसायिक हिसावले काम नगरेको, मन्त्रालय र बीमा समिति सँग समन्वयात्मक हिसावले काम गर्न नसकेको भन्दै आरोप लगाउदै आएका थिए ।

उनिहरुले ओली सरकारले नियुक्त गरेको व्यक्तिलाई देउवा सरकारले हटाउने आकलन गर्दै खुला प्रतिस्पर्धाबाट नियुक्ति गराउनका लागि दवाव दिएका थिए । तत्कालिन समयमा सरकारले खासै चासो दिएन । तर पछिल्लो समय एकाएक बैकल्पिक व्यवस्था नगरी सिधै अर्याललाई तानेको छ ।

तर सञ्चालक समितिले भने प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धाबाट चयन गर्न आन्तरिक तयारी गरेको छ । यसका लागि कम्तिमा पनि बोर्डलाई सरकारको मौखिक सहमति आवस्यक पर्नेछ । सरकारले खुला प्रतिस्पर्धाका लागि आवस्यक प्रकृयाँ अगाडी नबढाइ पदमा लामो समय खाली राख्ने हिसावले तानेको छ ।

अर्याललाई मन्त्रालय ताने सँगै अवको केहि समय प्रमुख कार्यकारी अधिकृत चयन हुन सक्ने अवस्था रहदैन । खुला प्रतिस्पर्धा मार्फत नियुक्त गर्ने हो भने पनि बिज्ञापन खुला गर्नु पर्यो त्यस पछि परिक्षा लिएर नियुक्त गर्न समय लाग्छ । यदि सरकारले पुनः मन्त्रालयकै अर्का व्यक्तिलाई पठाउन सक्ने सम्भावना पनि उक्तीकै छ । बजारमा २० वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । अन्य कम्पनीहरु सँग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले सधै सरकारबाटै आउने प्रतिनिधिबाट कम्पनीले प्रतिस्पर्धा गर्न सक्दैन ।

हिजोका दिनमा लामो समयसम्म रोकिएका लेखापरिक्षणमा सहजिकरण हुने अपेक्षामा मन्त्रालयबाट आएका प्रतिनिधिले काम गर्दै आएकोमा अव त्यस्तो अवस्था छैन । २०७२/७३ सम्मको लेखापरिक्षण सम्पन्न भइसकेको र २०७३/७४ को लेखापरिक्षणमा खासै व्यवहारिक समस्या देखिदैन

2790
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?