जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • घरजग्गा व्यवसायी र बैंकरबीच कर्जा सहजताका लागि छलफल

घरजग्गा व्यवसायी र बैंकरबीच कर्जा सहजताका लागि छलफल

घर–जग्गाको कारोबारलाई गति दिन कर्जा सहजीकरणका लागि नेपाल जग्गा तथा आवास विकास महासंघको टोलीले आज नेपाल बैंकर्स संघ (एनबीए)सँग छलफल गरेको छ।

सरकारले भर्खरै घर–जग्गाको कित्ताकाट खोलेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत घर–जग्गाको कारोबारमा केही लचिलो नीति लिएको छ। तर, ब्याजदर महँगो तथा केही नीतिगत व्यवस्थाले घर–जग्गाको कारोबार लयमा फर्किन सकेको छैन।

घर–जग्गाको कारोबारमा मन्दी आउँदा समग्र अर्थतन्त्रमै असर पर्ने भन्दै महासंघको टोलीले एनबीए अध्यक्ष सुनिल केसीसहतका पदाधिकारीसँग छलफल गरेको छ।

छलफलमा आफूहरुले घर–जग्गाको कारोबारलाई प्रोत्साहन गर्न बैंकहरुले सहजीकरण गर्न आग्रह गरेको महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले बताए। ‘हामीले विशेषगरी लोन टु भ्यालु रेसियो अर्थात घरजग्गा धितो राखेर पाइने ऋणको अनुपातलाई बढाउन आग्रह गरेका छौँ’, उनले भने।

महासचिव घिमिरेले लोन टु भ्यालु रेसियो ७० प्रतिशत पुर्याउन बैंकरहरुसँग आग्रह गरिएको बताए। ‘यस विषयमा एनबीए र महासंघले साझा धारणा बनाएर राष्ट्र बैंकसँग आवश्यक छलफल गर्ने सहमति भएको छ’, उनले भने।

महासचिव घिमिरेका अनुसार बैंकहरुले फरक–फरक ढंगले घर–जाग्गाको फेयर मार्केट भ्यालु अर्थात सरकारी मूल्यांकन र चलनचल्तीको दरलाई आधार मानेर निकालिने रकम तय गर्ने काम बन्द गर्नुपर्ने महासंघले सुझाव दिएको छ। ‘यसमा एकरुपता कायम गर्न भनेका छौँ’, उनले भने।

एनबीए अध्यक्ष केसीबाट लोन टु भ्यालु रेसियोका विषयमा छलफल गरेर अगाडि बढ्ने प्रतिबद्धता पाएको महासचिव घिमिरेले बताए। ‘छलफल सकारात्मक भएको छ’, उनले भने, ‘बैंकरहरु पनि घर–जाग्गाको कारोबारलाई केही नीतिगत व्यवस्थालाई परिमार्जन गरेर प्रोत्साहन गर्नुपर्छ भन्नेमा हुनुहुन्छ।’

635
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका