जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गर्ने २ मदिरा उद्योगी ३१ करोडको सम्पत्ति जमानी राखेर छुटे

नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गर्ने २ मदिरा उद्योगी ३१ करोडको सम्पत्ति जमानी राखेर छुटे

नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको आरोपमा पक्राउ परेका २ मदिरा उद्योगी रिहा भएका छन् । उनीहरु सर्वोच्च अदालतमा ३१ करोड ६३ लाखको जेथा जमानी राखेर रिहा भएका हुन् ।

उदयपुर डिस्टीलरीका संचालक ओमप्रकाश प्रसाद कलवार र जयश्री धौलागिरी डिस्टीलरीका संचालकका भाइ शम्भु शरणप्रसाद कलवार  जेथा जमानी राखेर साधारण तारेखमा रिहा भएका हुन् । पर्साको वीरगञ्ज कारागारका अनुसार शुक्रबार उनीहरुको जेथा जमानी स्वीकृत भएको हो । अबउ त्तः मुद्दा साधारण तारेखमा राखेर हेरिने छ ।

आन्तरिक राजस्व कार्यालयले ३१ करोड ६३ लाख बराबरको सम्पत्ति जमानी राखेर साधारण तारेखमा रिहा गर्न भनेको थियो । कार्यालयले २०७६ भदौ २६ गते नै ३१ करोड ६३ लाखको विगो जरिवाना र एक वर्ष कैद हुने बताएको थियो । 

अहिले उनीहरुलाई काठमाडौँ ल्याईएको छ । आज कागजी प्रक्रिया पूरा गरेर उनीहरु दुबै जना रिहा हुने बताईएको छ । 

उदयपुर डिष्टीलरीले ३६ लाख ६९ हजार ७४२ थान नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको पाईएको थियो । यसका संचालक ओमप्रकाश प्रसाद कलवारलाई २६ करोड १६ लाख जरिवानासहित वर्ष कैद र  ४५ हजार ६१५ थान नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको धौलागिरी डिष्टीलरीका सञ्चालकका भाई शम्भुलाई ५ करोड ४७ लाख जरिवाना र १ वर्ष कैद सजाय सुनाईएको थियो ।

विगो जरीवाना रकम बुझाउन नसकेपछि उनीहरु जेल चलान भएका थिए । जेल गएको ३५ दिनभित्रै उनीहरुले राजस्व न्यायधिकरणको कार्यालयमा रिट हालेका थिए । तर, त्यहाँबाट पनि आन्तरिक राजस्व कार्यालयकै दाबी सदर भएपछि उनीहरुले जेथा जमानी बुझाएर साधारण तारेखमा रिहाईको माग सहित सर्वोच्चमा रिट दिएका थिए । सर्वोच्चले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । 

यी दुई उद्योगले आर्थिक वर्ष २०७१÷०७२ देखि २०७४÷०७५ सम्म नक्कली अन्तःशुल्क स्टीकर प्रयोग गरेको खुलेको थियो ।

3395
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?