जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिमचोकमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९६ औं शाखा हाकिमचोकमा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा संचालनमा ल्याएको छ ।


बैंकले बिहीबार सो शाखा संचालनमा ल्याएको हो ।


हाकिमचोक शाखा कार्यालय संचालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।
योसँगै सांग्रिला डेभलपमेन्ट बैंकको कुल शाखा संख्या ९६ पुगेको छ ।


सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ्ग सुविधाहरु दिंदै आएकोमा यस शाखाको सञ्चालनबाट यस क्षेत्रका ग्राहक महानुभावहरुलाई अझ सरल र सहज तरिकाले बैकिङ्ख सेवा लिने वातावरण बनेकोमा बैंक विश्वस्त रहेको छ । बैंकले हरेक सम्भावित क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना बनाएको समेत यसै विज्ञप्तिमार्फत जानकारी गराउन चाहन्छौं ।

4475
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?