जोडिनुहोस
शुक्रबार, बैशाख १४, २०८१
शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • सेयर किनबेचको ७५ प्रतिशत हिस्सा १० ब्रोकरको हातमा

सेयर किनबेचको ७५ प्रतिशत हिस्सा १० ब्रोकरको हातमा

नेपालमा धितोपत्र किनबेचका लागि हाल सम्म ५० वटा ब्रोकर कम्पनीले अनुमति लिएका छन्। तर सेयर बजारमा हुने किनबेचको ७५ प्रतिशत हिस्सा भने १० वटा ब्रोकरको हातमा सीमित रहेको छ।

सोमबार १० अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार हुँदा नासा सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिजले भने अर्ब माथिको सेयर किनबेच गराएका छन्। टप टेनमा पर्ने अन्य ब्रोकरहरुको कारोबार रकम भने ५० करोड देखि ८८ करोड रुपैयाँ सम्म रहेको छ।

सोमबार ब्रोकर नम्बर ५८ नासा सेक्युरिटिज एक्लैले डेढ अर्ब रुपैयाँको सेयर किनबेच गराएको छ। नासाबाट एक अर्ब ४९ करोड रुपैयाँको सेयर कारोबार भएको हो।

दोस्रो नम्बरमा ब्रोकर नम्बर ४५ इम्पेरियल सेक्युरिटिजले एक अर्ब १५ करोड रुपैयाँको सेयर कारोबार गराएको छ। ब्रोकर नम्बर ३४ भिजन सेक्युरिटिजले ८८ करोड २१ लाख रुपैयाँको सेयर किनबेच गराउँदा, ब्रोकर नम्बर ४४ डायनामिक मनी म्यानेजर सेक्युरिटिजले ८० करोड ४१ लाख रुपैयाँको सेयर किनबेच गराएको छ।

ब्रोकर नम्बर ४२ शनी सेक्युरिटिजबाट ७७ करोड २६ लाख रुपैयाँको, ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटिजबाट ७६ करोड ७७ लाख रुपैयाँ र ब्रोकर नम्बर ५७ आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजबाट ७२ करोड ३८ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

त्यस्तै ब्रोकर नम्‍बर ३५ कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिजबाट ५५ करोड २२ लाख रुपैयाँ, ब्रोकर नम्बर ३८ दीपशिखा धितोपत्र कारोबारबाट ५४ करोड ४७ लाख र ब्रोकर नम्बर ३२ प्रिमियर सेक्युरिटिजबाट ५४ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ।

सबैभन्दा कम कारोबार गर्ने १० कम्पनीहरुले भने न्युनतम ५ करोडदेखि अधिकतम २४ करोड रुपैयाँ सम्मको मात्रै सेयर किनबेच गराएका छन्।

5425
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका