जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंक र नेपाल उद्योग परिसंघ-वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

नबिल बैंक र नेपाल उद्योग परिसंघ-वूमन लिडरसिप फोरमबीच अन्तरक्रिया

 नबिल बैंक र नेपाल उद्योग परिसंघ, वूमन लिडरसिप फोरमले महिला उद्यमीहरुका लागि नबिल दिगो बैंकिङ र साना तथा मझौला कर्जा विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा नबिल बैंकले महिला उद्यमशीलताको लागि चालेका कदमहरु र उपलब्ध कर्जाको बारेमा जानकारी गराएको थियो ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले दिगो बैंकिङ मार्फत बैंकले उद्यमशीलताको विकास तथा वित्तिय पहुँचलाई गाउँगाउँमा पु¥याएर त्यहा उद्यमीहरुको सिर्जना गरि दिगो विकासमा टेवा पु¥याउने लक्ष्य लिएको बताए ।

त्यसैगरी कार्यक्रममा फोरम संयोजक छाया शर्माले नबिल बैंकको दिगो बैंकिङ तथा अन्य महिला केन्द्रित पहलहरुको प्रशंसा गर्नुको साथै यसले महिलाको सामाजिक रुपान्तरणमा योगदान पुगोस् भन्ने कामना गरेकी छिन्। उनले वित्तीय पहुँच सँगसँगै वित्तिय साक्षरतालाई पनि अगाडी बढाउन सुझाव समेत दिएकी छिन् ।

बैंकको संचालक समेत रहेको फोरम सदस्य आशा राणा अधिकारीले कार्यक्रमले नबिल दिगो बैंकिङलाई सबै महिलाहरुमा पु¥याउन सहयोग गर्ने र आउदा दिनमा यसलाई अझ बढाउदै लगिने बताइन् ।

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो ।

4205
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका