जोडिनुहोस
बुधबार, फाल्गुन १३, २०८२
बुधबार, फाल्गुन १३, २०८२
  • होमपेज
  • युनिलिभरको लाभांश ६५० प्रतिशत, १० बर्षयताकै दोस्रो थोरै

युनिलिभरको लाभांश ६५० प्रतिशत, १० बर्षयताकै दोस्रो थोरै

बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालले लाभांस फेरि बढाएको छ। कम्पनीले पोहोर १०० प्रतिशत लाभांस दिएकोमा यसपाली ६५० प्रतिशत घोषणा गरेको हो। कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले लाभांस साधारणसभापछि भुक्तानी गर्ने जनाएको छ।

कम्पनीले असोज २५ गते बुकक्लोज मिति तय गरेको छ। कम्पनीले गत आर्थिक वर्ष खुद नाफा उच्च दरले बढाएको थियो। कम्पनीले ८५ करोड ४१ लाख रुपैयाँ नाफा गरेको थियो।

अघिल्लो वर्ष कम्पनीको नाफा ३५ करोड ८० लाखमा खुम्चिएको थियो। त्यसको तुलनामा अहिलेको नाफा १३८.५७ प्रतिशतले बढी हो। कम्पनीले मालसामान बेचेर कुल ५ अर्ब ७२ करोड रुपैयाँ आम्दानी गरेको थियो। आम्दानी ३ प्रतिशतले मात्र बढेको थियो। यहीँनेर कम्पनीले उत्पादन लागत भने साढे ३ प्रतिशतले घटाएर २ अर्ब ९७ करोड रुपैयाँमा झारेको थियो।

यसले गर्दा पनि कम्पनीको नाफामा सुधार देखिएको थियो। युनिलिभरको लाभांस पोहोरभन्दा निक्कै बढि भएपछि  १० बर्षयताको दोस्रो थोरै हो। कम्पनीले १२७० प्रतिशतसम्म लाभांस दिएको थियो

6260
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका