जोडिनुहोस
शुक्रबार, बैशाख ७, २०८१
शुक्रबार, बैशाख ७, २०८१

हालको खबर

  • होमपेज
  • हिमालयन रिको सिइओमा रामामुर्ती नियुक्त

हिमालयन रिको सिइओमा रामामुर्ती नियुक्त

हिमालयन रिइन्स्योरेन्स कम्पनीले भारतीय नागरिक चन्द्रशेखरन रामामुर्तीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ । बीमा र पुनर्बीमा क्षेत्रमा लामो अनुभव हासिल गरेका रामामुर्तीलाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ । बीमा समितिले केहि समय अगाडि नै रामामुर्तीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको थियो ।

रामामुर्तीको बीमा तथा पुनर्बीमा कम्पनीहरुमा चार दशक भन्दा लामो समय काम गरेको अनुभव छ । उनले भारत लगायत बेलायत तथा मध्य पुर्वमा काम गरिसकेका छन् । उनले भारतीय  बीमा विकास र नियामक प्राधिकरण (आइआरडिएआई) को लागी बीमा र पुनर्बीमा निर्देशिकाहरुको समीक्षा र संशोधनको लागी विशेषज्ञ समूहको एक सदस्यको रूपमा समेत काम गरेका थिए ।

हिमालयन रिमा जोडिनु अघि उनि आरसीएस म्यानेजमेन्ट कन्सल्टेन्ट प्राइभेट लिमिटेडमा संचालक थिए । यो कम्पनीले पुनर्बीमा प्रभावकारिता र जोखिम व्यवस्थापनको लागी बीमा र पुनर्बीमा कम्पनीहरुको लागी परामर्श सेवाहरु प्रदान गर्दै आएको छ । उनी बीमा र पुनर्बीमा रणनीति व्यवस्थापन, बीमा र पुनर्बीमा कम्पनीहरुको लागी उद्यम जोखिम व्यवस्थापन समाधानको लागी परिचित छन् ।

निजी क्षेत्रबाट प्रवर्द्धित पहिलो पुनर्बीमा कम्पनी हिमालयन रिले गत जेठमा लाइसेन्स पाएको थियो । लाइसेन्स पाएको छोटो अवधिमै आवस्यक पूँजी जुटाएर गत साउनदेखि नै पुनर्बीमा व्यवसायको शुभारम्भ गरिसकेको छ । नेपालको व्यवसायिक घरानाहरुको प्रमुख लगानी रहेको यस कम्पनीको चुक्ता पूँजी ७ अर्ब रहेको छ । नियम अनुसार कम्पनीले तीन अर्ब रुपैयाँ सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेर १० अर्ब रुपैयाँ पुर्याउनु पर्नेछ ।

कम्पनीले भारतबाट प्रमुख कार्यकारी अधिकृत सहित तीन जना कर्मचारी भित्र्याएको छ । पुनर्बीमा व्यवसाय अन्तर्राष्ट्रिय व्यवसाय भएको भन्दै कम्पनीले सम्बन्ध विस्तारका लागि विदेशबाट जनशक्ति झिकाएको हो ।

4645
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका