
दुई महिनायता सर्वसाधारणको हात हात पुगेको नगद नोट प्रणालीमा फर्किन थालेको छ। साउन र भदौमा गरेर २४ अर्ब ११ करोड ७८ लाख रुपैयाँ बराबरको नगद नोट प्रणालीमा फर्किएको हो।
साउनमा १२ अर्ब २४ करोड रुपैयाँले प्रणालीमा नोट फर्किएको छ भने भदौमा अर्को ११ अर्ब ८७ करोड रुपैयाँ फर्किएको छ। सामान्यत: सर्वसाधारणको हातमा भएको पैसा घट्नु भनेको बैंकिङ प्रणालीमा जानु हो।
बैंकिङ प्रणालीमा जानु भकेको बैंकको निक्षेप बढ्नु हो। तर, बैंकमा भने निक्षेप बढेको छैन। आयातका लागि त्यो पैसा बाहिरिएका कारण निक्षेप नबढेको जस्तो देखिएको बैंकरहरु बताउँछन्।
राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको मासिक वित्तीय अवस्था अनुसार, अहिले सर्वसाधारणको हातमा ६ खर्ब ४५ अर्ब ३९ करोड ५९ लाख रुपैयाँ छ। यो अघिल्लो महिनाको तुलनामा ११ अर्ब ८७ करोड रुपैयाँले कम हो।
सामान्यत: चलनचल्तीमा नोट तीन कारणले बढी प्रवाह हुन्छ- रेमिटेन्स सटही, सरकारी खर्च र बैंक ऋण विस्तार उच्च। साउनमा रेमिटेन्स घटेकोछ । सरकारी खर्च पनि हुन सकेको छैन।
अर्को कारण सरकारले कर संकलन गर्दा सर्वसाधारणसँग भएको पैसा खोसिन्छ। त्यो बेला चलनचल्तीको नोट घट्छ। भदौमा लक्ष्यभन्दा धेरै कर उठेको छ। जबकी अरुबेला लक्ष्यभन्दा कम हुन्थ्यो।
अर्को कारण ऋण विस्तार हो। बैंकहरुले निक्षेप संकलन गरेभन्दा कम ऋण दिए भने नोट चलनचल्तीमा घट्छ। तर यसपाली ऋण बिस्तार बढेको छ। तर यो ऋण आन्तरिक नभइ बाह्य छ। सामान आयात गर्नका लागि दिइने ऋणको पैसा बाहिरिन्छ।
सम्बन्धित समाचार
लोकप्रिय समाचार










































































