जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • मारुती बन्यो नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट

मारुती बन्यो नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट

मारुती सिमेन्ट नेपालकै पहिलो ५३ ग्रेडको ओपीसी सिमेन्ट कम्पनी बनेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले मारुतीलाई ५३ ग्रेड दिएपछि नेपालकै पहिलो ५३ ग्रेड पाउने सिमेन्ट बनेको हो ।

यसअघि नेपाल गुणस्तर तथा नापतौल विभागले नेपालमा उत्पादन भएका सिमेन्टलाई ३३, ४३ र ५३ गरी तीन ग्रेडमा विभाजन गरेको थियो। यसअघि नेपालमा उत्पादित सिमेन्टले ३३ र ४३ ग्रेडको मान्यता पाएका थिए ।

सामान्य निर्माणमा ३३ ग्रेडको सिमेन्ट प्रयोग गर्दा पनि हुन्छ भने विशेष खालका निर्माणमा ४३ र ५३ ग्रेडको सिमेन्टलाई उत्तम मानिन्छ । विभिन्न आयोजनाले माथिल्लो ग्रेडको सिमेन्ट प्रयोग गर्ने हुँदा विगतमा त्यस्ता सिमेन्ट विदेशबाट ल्याउनुपर्ने बाध्यता थियो ।

मारुती सिमेन्ट १५ वर्षअघि नेपालकै पहिलो तथा निजीस्तरको सबैभन्दा ठूलो सिमेन्ट उत्पादन गर्ने स्वदेशी उद्योगको रूपमा स्थापना भएको थियो।

6485
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका