जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • ३३ किलो सुन प्रकरणमा ‘गोरे’ सहित ६ जनालाई जन्मकैद

३३ किलो सुन प्रकरणमा ‘गोरे’ सहित ६ जनालाई जन्मकैद

त्रिभुवन विमानस्थलबाट बाहिरिएर अझैसम्म पत्ता लाग्न नसकेको ३३ किलो प्रकरणको  फैसला भएको छ। जिल्ला अदालत मोरङले मंगलबार चार वर्षपछि फैसला सुनाएको हो। जसमा ७७ जना प्रतिवादीमध्ये ८ जनलाई मात्र सजाय तोकिएको छ।

सुन प्रकरणका मुख्य योजनाकार भनिएका चुढामणी उप्रेतिलाई जन्मकैद सजायँ सुनाइएको हो। त्यस्तै अन्य टेकराज मल्ल ठकुरी, भोजराज भण्डारी, मोहन काफ्ले लगायत ६ जनलाई पनि जन्म कैद सजायँ सुनाइएको छ। बाँकी दुई जनलाई भने तीन वर्ष र ६ महिना कैद सजाय सुनाइएको छ।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको थियो। विमानस्थलबाट सहजै बाहिरिएको सुन बानेश्वर र एयरपोर्टको बीच बाटोबाट नै एकाएक गायब भएको थियो। यही विषयमा सुन तस्करीबीच विवाद भएपछि २०७४ फागुन १८ गते ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या भयो र तस्करीका एकाएक घटनाका प्लटहरू बाहिरिएका थिए।

२०७५ वैशाख १९ गते सात जना प्रहरी सहित ६३ जना विरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो। त्यसबाहेक अन्य लाई लगाऊ मुद्दा लगाइएको थियो।

तर अझैसम्म ३३ किलो सुन कहाँ गयो भन्ने पत्ता लग्न सकेको छैन। सुन प्रकरणका मुख्य अभियुक्त चुडमाणि उप्रेती ‘गोरे’लाई २०७५ जेठमा पक्राउ पछि सार्वजनिक गरिएको थियो। उनी अदालतको आदेशमा केन्द्रीय कारागार सुन्धारामा छन्।

यही घटनामा प्रहरीदेखि व्यापारीसम्म मुछिएका छन्। यसरी मुछिएका प्रहरी देखी ४८ जनाले सफाइ पाएका छन्।

4340
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका