जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख सहयोग

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्धारा राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख सहयोग

सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय अपाङ्ग कोषलाई ५ लाख रकम सहयोग गरेको छ। सिटी एक्सप्रेस मनी ट्रान्सफरले राष्ट्रिय अपाङ्ग कोषसँग सहकार्य गरि बैदेशिक रोजगारीका क्रममा अपाङ्गता भएकाहरुलाई सेवा पु¥याउने उदेश्यले राष्ट्रिय अपाङ्ग कोषलाई उक्त रकम सहयोग गरेको हो ।

नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय मातहत, समाज कल्याण ऐन २०४९ को दफा २६ ले दिएको अधिकार प्रयोग गरि बनाएको “कोष स्थापना र संचालन कार्य व्यवस्था नियमावली २०५५ अन्तर्गत वि.स. २०३९ साल देखि संचालित राष्ट्रिय अपाङ्ग कोषले देशभरीमा रहेका अपाङ्गता भएका व्यक्तिहरुको अपाङ्गता पुर्नस्थापनाका साथै चौतर्फी विकासका लागि शिक्षा, स्वास्थ, रोजगारी र समावेशी समाजका कार्यका लागि समाज कल्याण परिषदद्वारा स्थापित संचालित कोष हो ।

राष्ट्रिय अपाङ्ग कोषले वार्षिक १५०० अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यक सहयोग सामाग्री जस्तै कृत्रिम हात खुट्टा, क्यालिफर, बैशाखी, सेतोछडी, वाकिंग स्टिक, ओर्थोपेडिक जुत्ता तथा अन्य आवश्यक सहायक सामग्री उत्पादन एवं वितरण गर्नुका साथै गुणस्तरिय फिजियोथेरापी, अकुपेशनल र परामर्श सेवा उपलब्ध गराउदै आएको छ।

 

3190
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?