जोडिनुहोस
शनिबार, असार २०, २०८३
शनिबार, असार २०, २०८३
  • होमपेज
  • नेपाल बंगलादेश बैंकको साधारणसभा मंसिर २ गते, १२% बोनस सेयरको एजेण्डा

नेपाल बंगलादेश बैंकको साधारणसभा मंसिर २ गते, १२% बोनस सेयरको एजेण्डा

नेपाल बंगलादेश बैंक (एनबी) ले लाभांश पारितको एजेण्डासहित साधारणसभा डाकेको छ। बैंकले मंसिर २ गतेका लागि साधारणसभा डाकेको हो।

बैंकको साधारणसभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्ने छ। बैंकले १२ प्रतिशत बोन सेयर र बाँकी साढे ३ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको छ। बैंकले घोषणा गरेको लाभांश पाँच वर्षयताकै उच्च हो।

बैंकले पछिल्लो १० वर्षमा ३३ प्रतिशतसम्म लाभांश दिएको छ। बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ छ। बैंकको जगेडा कोषमा ६ अर्ब ३६ करोड रुपैयाँ छ। बैंकले गत आर्थिक वर्ष एक अर्ब ४५ करोड रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो।  

सभाले संस्थापकबाट तीन र सर्वसाधारणबाट ३ गरी ६ जना नयाँ सञ्चालक चयन गर्ने छ। बैंकको साधारणसभामा मर्जर तथा प्राप्ति सम्बन्धि कुनै पनि एजेण्डा छैन। 

5605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?