जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • नबिल बैंकले करिब ३० हजार कित्ता सेयर बिक्री गर्ने, इच्छुक जोकोहीले आवेदन दिन सकिने

नबिल बैंकले करिब ३० हजार कित्ता सेयर बिक्री गर्ने, इच्छुक जोकोहीले आवेदन दिन सकिने

नबिल बैंकले संस्थापकतर्फको सेयर बोलकबोलमार्फत बिक्री गर्ने भएको छ। बैंकले २८ हजार ५ सय ८९ कित्ता सेयर बिक्री गर्ने भएको हो। यसको खरिदमा इच्छुक संस्था वा व्यक्ति जो कोहीले उक्त बोलकबोलमा भाग लिन सक्नेछन्।

बैंकले संस्थापक सेयरधनी अशोककुमार अग्रवाल, त्रिलोकचन्द्र अग्रवाल र तुलसीराम अग्रवालको नाममा रहेको २८ लाख ५८९ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो।

अग्रवाल सेयरधनीहरुले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्न बैंकमा निवेदन दिएपछि बैंकले बिक्री खुलाएको थियो। जसमध्ये अशोकको नाममा रहेको ९ हजार ४ सय २८ कित्ता, त्रिलोकको १० हजार ९ सय ५१ कित्ता र तुलसीरामको नाममा रहेको ८ हजार २ सय १० कित्ता संस्थापक सेयर बिक्री गरिने भएको हो।

बैंकले यस अघि नै विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिँदै जेठ ५ गते सूचना प्रकाशित गरेको थियो। राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार संस्थापक समूहतर्फको सेयर बिक्री गर्दा पहिलो प्राथमिकता कायम संस्थापक सेयरधनीहरुलाई नै दिनुपर्ने हुन्छ।

यद्यपि संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनसम्म पनि खरिदका लागि निवेदन पेस नगरेपछि बैंकले गैर संस्थापक लगानीकर्तालाई उक्त सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो।

यसपटक बैंकले गैरसंस्थापक लगानीकर्तालाई सिलबन्दी बोलकबोलमार्फत संस्थापक सेयर बिक्री गर्दै छ। सिलबन्दी फारम बैंकको सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडबाट प्राप्त गर्न सकिनेछ।

बैंकले इच्छुक गैरसंस्थापक लगानीकर्तालाई सूचना प्रकाशित भएको ७ दिनभित्र बोलकबोलमा आवेदन दिन आह्‍वान गरेको छ।

1595
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका