जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • सिटिजन्स बैंकको नाममा थप हुन आएको ११ लाख ६६ हजार कित्ता शेयर सुचिकृत

सिटिजन्स बैंकको नाममा थप हुन आएको ११ लाख ६६ हजार कित्ता शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन्स बैंकको नाममा थप हुन आएको ११ लाख कित्ता शेयर सुचिकृत भएको छ । बैंकले साविकको सिर्जना फाईनान्सलाई १:०.९५ को अनुपातमा प्राप्ति गर्दा कायम हुन आएको  ९१ लाख ४८ हजार ८ सय २२ दशमलव ०२ कित्ता साधारण शेयर जा शुक्रबार सुचिकृत भएको हो ।

यस संगै अब साविकको सिर्जना फाईनान्सको सूचीकरण खारेज भई थपिएको  कित्ता शेयर सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको (CZBIL) नामबाट कारोबार हुने छ।

हाल सूचीकरण भएको ९१,४८,८२२.०२ कित्ता साधारण शेयर र यस भन्दा अघि सूचीकृत ११,६६,२०,४०९ कित्ता समेत गरी कुल बैंकको सूचीकृत शेयर संख्या १२,५७,६९,२३२ कित्ता भएको छ।

सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि असार २६ गतेबाट एकिकृत वित्तीय कारोबार सुरु गरेको थियो। जेठ २७ बसेको दुवै स्नास्थाको विशेष साधारणसभाले मर्जर तथा प्राप्ति समबन्धि प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले असार १५ गते मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएपछि र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १७ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । 

सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट असार २६ देखि एकिकृत वित्तीय कारोबार सुरु भएको हो ।  दुवैले गत माघ २८ गते प्राप्तिका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । सिर्जना फाइनान्सका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९५ कित्ता शेयर पाउने गरि प्राप्ति प्रक्रिया सपन्न भएको हो । 

5805
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका