जोडिनुहोस
बुधबार, बैशाख १२, २०८१
बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • नेपाल पुनर्बीमा कम्पनी आठौं वर्षमा प्रवेश

नेपाल पुनर्बीमा कम्पनी आठौं वर्षमा प्रवेश

 नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले आफ्नो स्थापनाको सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आज आठौं बार्षिकोत्सव मनाउँदैछ । विदेशी मुद्रा नेपालमा भित्राउन सफल नेपालको पहिलो पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीले विगत सात वर्षमा उल्लेख्य प्रगति गरेको छ । विश्वका ३० भन्दा बढी देशहरुमा व्यवसायिक सम्बन्ध स्थापित गरी विभिन्न पोलिसी मार्फत करोडौं रुपैयाँ प्रिमियम नेपाल भित्राउन सफल पुनर्बीमा कम्पनीले स्थापनाको सातौ वसन्त सफलतापुर्वक पार गरेको छ ।

२०७१ कार्तिक २१ गतेबाट औपचारिक रुपमा कारोबार शुुरु गरेको नेपाल पुनर्बीमा कम्पनीले आजबाट सात वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गर्दैछ । यस अघिका वर्षहरुमा नेपाल पुनर्बीमा कम्पनीले सरोकारवालाहरुको उपस्थितिमा विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै भव्यताका साथ बार्षिकोत्सव मनाउँदै आएकोमा यस पटक कोभिड महामारीका कारण भौचितक रुपमा कार्यक्रमको आयोजना नगर्ने भएपनि वर्षको उत्कृष्ट कर्मचारी पुरस्कृत गर्ने, बीमकलाई सम्मान गर्ने र कम्पनीसँग व्यवसायिक सम्बन्ध स्थापित भएका बीमकहरुलाई उनीहरुको योगदानको उच्च सम्मान गर्ने लगायतका कार्यक्रमहरुको आयोजना गर्ने जनाएको छ ।

कम्पनीले आफ्नो आठौं बार्षिकोत्सव मनाइरहदा कम्पनीलाई यस अवस्थामा ल्यान सफल पार्ने र योगदान दिने नेपाल सरकार, बीमा समिति तथा अन्य नियमनकारी निकायहरु, कम्पनीका संस्थान तथा व्यक्तिगत लगानीकर्ता, बीमा तथा पुनर्बीमा कम्पनीहरु, पुनर्बीमा दलाल, बीमित, जोखिम व्यवस्थापन तथा बीमा क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने विद्धतवर्ग लगायत सबैप्रति आभार व्यक्त गरेको छ । कम्पनीले आगामी दिनहरुमा पनि सबैबाट यस्तै साथ र सहयोगको अपेक्षा गरेको छ ।

नेपाल सरकार र निर्जीवन बीमा कम्पनीहरुको पहलमा तत्कालिन विषम परिस्थितिको अवस्थामा जोखि व्यवस्थापन गर्ने उद्देश्यले वि.स. २०६१ सालमा आकस्मिक बीमा कोषको स्थापना भएको थियो । नेपालमा २०५२ सालदेखि १० वर्षसम्म चलेको सशस्त्र द्वन्द्ध (जनयुद्ध) को समयमा आतंकवादी आक्रमणमा हुने क्षतिको छुट्टै कोषमार्फत व्यवस्थापन गरिएको थियो । २०६३ साल मंसिर ५ गते तत्कालिन नेपाल सरकार र माओवादीबीच सम्पन्न भएको विस्तृत शान्ति सम्झौतामार्फत द्वन्दरत माओवादी राजनीतिक मूलधारमा आएपछि आतंकवाद बीमा पुलको औचित्य लगभग सकिएको निष्कर्षसहित सो पुलमा जम्मा भएको रकमबाट नेपाल पुनर्बीमा कम्पनीको नेपाल सरकारले प्रबद्र्धन गरेको हो ।

द्वन्दको समयमा गैर प्राकृतिक र माओवादी पक्षबाट पुर्याउने क्षतिको व्यवस्थापनको लागि सुरुमा तत्कालिन श्री ५ को सरकारको पाँच करोड र १७ वटा निर्जिवन बीमा कम्पनीको ३५/३५ लाखको लगानी गरेर आकस्मिक बीमा कोष खडा गरिएको थियो । सोही कोषलाई वि.स २०७१ कार्तिक २१ गते नेपाल पुनर्बीमा कम्पनीको रुपमा स्थापना भएको थियो । स्थापनाको सात वर्षमा कम्पनीले नेपालमा सञ्चालित ३९ वटा बीमा कम्पनीहरुलाई पुनर्बीमाको विकल्प दिँदै ठूलो मात्रा पूँजी विदेशिनबाट रोक्न सफल भएको छ ।

कम्पनीले विश्व बजारका प्रतिष्ठत पुनर्बीमकहरुसँग रणनैतिक साझेदारी गर्दै कम्पनीको साख अभिबृद्धि गर्न र बीमा उद्योगको जोखि व्यवस्थापन गर्न कम्पनीले प्रतिबद्धता गरेको छ । साथै कम्पनीले यसै अवसरमा आन्तिरिक प्रणालीलाई सुव्यवस्थित गर्ने, संस्थागत सुशासनको प्रभावकारी कार्यान्वयन गर्ने र अन्तराष्ट्रिय व्यवसयिक तथा संगठनिक सम्बन्धलाई प्रभावकारी बनाउने कम्पनीले जनाएको छ । यस अवसरमा नेपाल पुनर्बीमा कम्पनीका सिईओ शंकर रायमाझीले पुनर्बीमा कम्पनीको जोखि व्यवस्थापन र हस्तान्तरणको मुल जिम्मेवारलाई दह्रो बनाउने र इमान्दारिताका साथ कार्यान्वयन गर्नुका साथै नेपालको बीमा उद्योगको दिगो विकास, विस्तार र सुदृढिकरण गर्ने र आम जनतालाई बीमाको पहुँचमा पुर्याउने कार्यमा सम्बन्धीत सबै निकायहरुसँग साझेदारी गर्दै अधि बढ्ने बताएका छन् ।

साथै, बीमाको अन्तराष्ट्रिय उत्कृष्ट अभ्यासलाई अबलम्बन गर्दै बीमा पुनर्बीमा सचेतना, बीमा शिक्षा तथा अनुसन्धान र प्रकाशनको क्षेत्रमा कम्पनीले यथाशक्य योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

2240
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका