जोडिनुहोस
शनिबार, बैशाख ८, २०८१
शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • आतंकवादी क्रियाकलाप नियन्त्रण गर्न बैंक र वित्तिय संस्थाहरुले गैरकानूनी कारोबार पहिचन गर्ने प्रणाली बनाउनै पर्नेः ग्राहकको कारोबारमा शंका लागे बिना प्रमाण उजुरी गर्न खुल्ला ?

आतंकवादी क्रियाकलाप नियन्त्रण गर्न बैंक र वित्तिय संस्थाहरुले गैरकानूनी कारोबार पहिचन गर्ने प्रणाली बनाउनै पर्नेः ग्राहकको कारोबारमा शंका लागे बिना प्रमाण उजुरी गर्न खुल्ला ?

नेपाल राष्ट्र बैंकले बैंक र वित्तिय संस्थालाई ग्राहकको बैकिङ्ग कारोबारमा शंका लागे प्रमाण विना पनि उजुरी दिन सक्ने प्रावधान जारी गरेको भेटिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी जोखिम मुल्यांकन मार्गदर्शन–२०२२ जारी गरेको भेटिएको छ । मार्गदर्शनले सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियापलापमा वित्तीय लगानी सम्बन्धी जोखिम मुल्यांकन गर्न सहज हुने राष्ट्र बैंकको दाबी छ भन्दा फरक पर्दैन । सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियापलापमा वित्तीय लगानी निवारण सम्बन्धी काम गर्न स्थापना वित्तीय कारबाही कार्यदल (एफएटीएफ) ले निर्धारण गरेको विधी अनुसार बैंक तथा वित्तीय संस्थाले गैरकानूनी कारोबार पहिचान गर्ने प्रणाली बनाउनु पर्ने राष्ट्र बैंकले जनाएको छ । भन्दा फरक पर्दैन ।

राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनमा अवैध कारोबार पहिचान गर्न बैंक तथा वित्तीय संस्थाले जोखिम मुल्यांकन सम्बन्धी प्रणाली बनाउनु पर्ने उल्लेख गरिएको भेटिएको छ । मार्गदशनमा बैंक तथा वित्तीय संस्थाले पहिलो चरणमा गलत गतिविधी पहिचान गर्ने, दोस्रो चरण बैंकिङ प्रणालीमार्फत् सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलाप हुनुको विश्लेषण गर्ने र अन्तिम चरणमा विभिन्न गतिविधिको मुल्यांकलन गर्ने गरी प्रणाली विकास गर्नु पर्ने उल्लेख गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले जोखिमयुक्त ग्राहक, बैंकिङ प्रोडक्ट, भौगोलिक क्षेत्र पहिचान गर्न स्वाचालित प्रणाली विकास गर्नु पर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ । दोस्रो चरणमा बैंकले शंकास्पद कारोबारको विश्लेषण गर्दै सम्पत्ती शुद्धीकरण र आतंकवादी क्रियाकलाप सँग सम्बन्धी भए नभएको एकिन गरेर मात्रै थप निर्णय गर्नु पर्ने मार्गदर्शनमा उल्लेख छ । भन्दा फरक पर्दैन ।

जोखिम कम गर्न कस्तो प्रणाली बनाउने, जोखिम आउन सक्ने कारणको विषयमा बैंक तथा वित्तीय संस्था जिम्मेवार बन्नु पर्ने भएको देखिन्छ । भन्दा फरक पर्दैन । मार्गदर्शनमा ग्राहक परिचय प्रष्ट नभएका व्यक्ति वा संस्थासँग कारोबार नगर्न निर्देशन दिइएको देखिन्छ । भन्दा फरक पर्दैन । बैंक तथा वित्तीयले जोखिम मुल्यांकन सम्बन्धी बलियो प्रणाली बनाउन राष्ट्रीय जोखिम मुल्यांकन प्रतिवेदन, पारस्परिक मुल्यांकन प्रतिवेदन, सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय रणनीति, वित्तीय जानकारी इकाइले परिकल्पना गरेका विभिन्न टाइपोलोजी र राष्ट्र बैंकले जारी गरेको मार्गदर्शनको विषयमा जानकार हुनु पर्ने भएको छ । यस्ता जानकारीले बैंक तथा वित्तीय संस्थालाई जोखिम पहिचान गर्न सहज बनाउने मार्गदर्शनमा उल्लेख गरिएको छ । मार्गदर्शनमा बैंक तथा वित्तीय संस्थाले कुनै पनि कारोबार गर्दा जोखिम मुल्यांकन सम्बन्धी प्रणाली बनाएर हरेक कारोबारको परिक्षण गर्नु पर्ने उल्लेख छ ।

गलत कारोबार पहिचान गरी कारबाहीको दायरामा ल्याउन बैंक तथा वित्तीय संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापन थप जिम्मेवार बन्नु पर्ने भनिएको छ । बैंक र वित्तिय संस्थाका सञ्चालक समितिले सम्पत्ति शद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने लगानी पहिचान गर्ने प्रणाली प्रयोग गर्न कर्मचारीतन्त्रलाई प्रोत्साहन गर्नु पर्ने भनिएको छ । विदेशी मुद्राको कारोबार गर्दा, व्यापारको भुक्तानी गर्दा, तेस्रो पक्षलाई कुनै सेवा लिए बापत भुत्तानी गर्दा, बैंकमा निक्षेप जम्मा गर्दा, बैंकमा कर्जा लिँदा, इलेक्ट्रोनिक माध्यमबाट कारोबार गर्दा जोमिख मुल्यांकन सम्बन्धी प्रणाली बनाउनु पर्ने मार्गदर्शनमा उल्लेख गरिएको देखिन्छ । मार्गदर्शन अनुसार बैंक तथा वित्तीय संस्थाले जोखिम रेटिङ तालिका बनाएर गैरकानूनी र शंकास्पद कारोबारको जानकारी अनुसन्धान गर्ने निकायमा गर्ने प्रणालीको तत्कालै विकास गर्नु पर्ने भएको देखिन्छ । सचेत भया ।

1765
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?