जोडिनुहोस
आइतवार, फाल्गुन १०, २०८२
आइतवार, फाल्गुन १०, २०८२
  • होमपेज
  • चन्द्रागिरिका महाप्रबन्धक शाहलाई वल्र्ड बुक अफ रेकर्डस् सम्मान

चन्द्रागिरिका महाप्रबन्धक शाहलाई वल्र्ड बुक अफ रेकर्डस् सम्मान

बेलायतस्थित वल्र्ड बुक अफ रेकर्डस्ले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा पु¥याउनुभएको अतुलनीय योगदानको लागि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ । आइतबार आयोजित एक विशेष कार्यकमकावीच सम्माननीय उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गर्नुभएको छ ।
व्यवसायिक र सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वल्र्ड बुक अफ रेकर्डस् नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताउनुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

5250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका